सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश पारित |
काठमाडौं । सानिमा बैंकले बिहीबार १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले साधारणसभाबाट यस अगाडि सञ्चालक समितिले घोषणा गरेको १४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भरतकुमार पोखरेल र महेश घिमिरेलाई निर्विरोध सञ्चालक चयन गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले ७९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । कुल सम्पत्ती भने ९१ अर्ब ८२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।