नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता |

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बीमा पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिने जनाएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बुधबार संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।