सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकालाई सहयोग |

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘हेल्पलेस चिल्डे«न होम’, किर्तीपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ ।
यस आश्रममा अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु करिब ३८ जना छन् । जसको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई बिहीबार सहयोग गरेको हो ।
बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हेल्पलेस चिल्डे«न होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गूलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।