ज्योति विकास बैंक र ओम हस्पिटल बिच सहकार्यको सम्झौता |

काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई ओम हस्पिटलको सेवा तथा सुविधाहरुमा विशेष छुटकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ ।
अब बैंकका ग्राहकले एटीएम कार्ड तथा कर्मचारीले परिचयपत्र देखाइ हस्पिटलको सेवामा छुट लिन सक्नेछन् ।
सम्झौतापत्रमा बैकका तर्फबाट नायब महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध संचालक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।
बैंकले हाल ८२ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएकोे छ । यसैगरी बैंकले हालसम्म २२ वटा एटीएमबाट सेवा दिइरहेको छ । बैंकले छिट्टै नै थप ८ वटा शाखा खोल्ने तयारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।