टीभीएस जुपिटर क्लासिक अब अटम ब्राउन कलरमा |

काठमाडौं । नेपालमा टिभिएस स्कूटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा युवाहरु माझ स्थापित तथा लोकप्रिय भईसकेको छ ।
यस क्लासिक संस्करणमा सनलीट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् । चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टीभीएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिन्छ ।
‘टिभिएस जुपिटर क्लासिक अटम ब्राउन’ पुरै आल्मुनियम बडिको हुनुका साथै यसमा ११० सीसी इन्जन छ । साथै यसमा सुपेरियर एक्सीलेरेशनका साथै फियुल इफिसेन्सी रहेको छ ।
चलाउन निकै सजिलो यो स्कुटरमा टीभीएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । जसले हाम्रो अर्थ व्यवस्थामा सहयोग पुग्छ ।
टीभीएसको जुपिटर क्लासिक अटम ब्राउनको बजार मूल्य १ लाख ९८ हजार ९ सय रुपैयाँ रहेको छ । टीभीएसका स्कुटर नेपाल अधिराज्य भरिका डिलरबाट खरिद गर्न सकिन्छ ।