नेपालमा अबदेखि २ सय रुपैयाँको भारतीय नोट पनि प्रतिबन्ध |

काठमाडौं । सरकारले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको भारतीय नोट (आईसी) नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय नोटहरू प्रतिबन्ध लगाइसकिएको छ ।