निक इलेक्ट्रो टेक पुस ५ देखि शुरू | नेपालमा उत्पादित विभिन्न विद्युतीय सामग्री एकै ठाउँमा पाइने

काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ पुस ६ गतेदेखि शुरू हुने भएको छ । नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरूले अत्याधुनिक विद्युतीय सामग्री उक्त मेलामा प्रदर्शन गर्ने भएका छन् ।
मेलामा सबै प्रकारका विद्युतीय सामग्री पाइने मेलका उपाध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताए । पुस १० गतेसम्म चल्ने उक्त मेलाको १ लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।