आईएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता |
काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेडबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आईएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले गत सोमवार हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपाल बंगलादेश बैंक लिमिटेड ‘आईएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आईएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्नेजस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
साथै, नेपाल बंगलादेश बैंकका सेवाग्राहीहरूले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

