एनआईसी एशिया बैंक र आईएमर्ई लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमर्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू यस बैंकका मुलुकभर फैलिएका सम्पूण शाखा कार्यालयहरूबाट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
हाल सो बैंकले २७० शाखा कार्यालयहरू, २८५ एटीएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवम् २० वटा शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकको हालको वासलातको आकार रू. २०८ अर्ब र कुल निक्षेप करिब रू. १६९ अर्ब पुगेको छ । बैंकको कुल कर्जा करिब रू. १४४ अर्ब रहेको छ भने ग्राहक संख्या करिब १३ लाख ५० हजार रहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा पनि चाँडै नै थप शाखा÷शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।