नेपाल बैंक लिमिटेडको ३ लाख सहयोग विद्यालयलाई |

काठमाडौं । नेपाल बैक लिमिटेडले काठमाडौको कालीमाटीस्थित नील बाराही उच्च माध्यमिक विद्यालयलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले विद्यालयमा करिब २४० को हाराहारीमा रहेका असहाय अनाथ विद्यार्थीलाई किताब, कापी, कलम, झोलालगायतका पठनपाठनका सामग्री उपलव्ध गराउने प्रयोजनार्थ उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरेको हो ।
सो रकमबराबरको चेक बैकका नायव कार्यकारी अधिकृत राजुनाथ खनालले विद्यालयका प्राचार्य डा. जानुका नेपाललाई विद्यालयमै एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।