मेट लाइफद्वारा दुई नयाँ डिजिटल सोलुसनको शुरुवात |
काठमाडौं । मेट लाइफ नेपालले हालैदेखि नयाँ डिजिटल सेल्स सोलुसन र नयाँ वेबसाइटको शुरुवात गरेको छ । कम्पनीले ग्राहकको अनुभव वृद्धि गर्नका लागि ती सेवाको शुरुवात गरेको हो ।
कम्पनीले आफ्नो १७औं वार्षिकोत्सव मनाउँदै, ग्राहकको अनुभव वृद्धि गर्नका लागि काइट नामक ग्लोबल सेल्स एण्ड सर्भिसिङ प्ल्याटफर्म, पावर मोबिलिटी सेल्स सोलुुसन र कम्पनीकोे उत्पादन र सेवाहरूको प्रस्तावलाई अझ सजिलो तरिकाले ग्राहकहरूले चलाउन सक्ने नयाँ र सुधार गरिएको वेबसाइट गरी दुईवटा नयाँ डिजिटल सोलुसनको शुरूवात गरेको हो ।
यो नयाँ डिजिटल सल्युसनको पहललाई मेटलाइफका बंगलादेश, नेपाल र म्यानमारका अध्यक्ष एम्।नुरुल इस्लामले उत्घाटन गरेका हुुन ।
कम्पनीका अनुसार काइट एउटा डिजिटल सेल्स आवेदन प्रणाली हो । जस मार्फत कम्पनी एजेन्ट र वित्तीय योजनाका परामर्शदाताले जुनै समय र जहाँसुकै पनि ग्राहकलाई सहज र भिन्न अनुभव प्रदान गर्न सक्षम बनाउँछ । इच्छुक ग्राहकहरूले अब काइट एप्लिकेशनले बीमाबारे जानकारी लिन, दृष्टान्त हेर्न, आवेदन फारम पूरा गर्न र डिजिटल माध्यमबाटै आवेदन पेश गर्न सक्नेछन ।
कम्पनीका अनुसार यो डिजिटल सल्युसन नेपालको बीमा उद्योगमा शुरू गरिएको पहिलो प्रकारको नयाँ सोलुसन हो र यसलाई पहिलो चरणको शुरुवातमा छनोट गरिएका एजेण्टहरूलाई उपलब्ध गराइनेछ ।
मेटलाइफ नेपालले आफ्नो वेबसाइटलाई एडव एक्सपिरेन्स म्यानेजर (एईएम) मञ्चमा एकीकरण गरी ग्लोवल वेभ एक्सपिरेन्स प्रदान गर्नका लागि पुनर्निर्मित गरेको छ । मञ्चमा होस्ट भएको यो नेपालको पहिलो वेबसाइट हो । यो स्थानान्तरणले दर्शकहरूलाई मेटलाइफको वेबसाइटमा सजिलै पहुँच दिनुका साथसाथै कम्पनीले अवलम्बन गरेका नीति तथा अन्य सान्धर्भिक जानकारीहरू प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, ‘हाम्रो समूहले यस पहललाई नेपालमा शुरुवात गर्नका लागि अमेरिका, हङकङ, सिंगापुर र मलेशियाका हाम्रा विश्वव्यापी र क्षेत्रीय समूहसंग निरन्तर काम गरेको छ ।’

