गण्डकी विकास बैंकको नयाँ शाखा कोहलपुरमा, पहिलो त्रैमासमा १५ करोड नाफा |

काठमाडौं । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सो शाखा कार्यालयको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरेका हुन् ।
बैंकका सञ्चालक कृष्ण बहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उपनिर्देशक नारायणप्रसाद पोख्रेल, कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्णबहादुर थापा र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवम् बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए । बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरूमा गरी ७७ वटा शाखा कार्यालयमार्फत सहज र आकर्षक ब्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना ल्याएर आफ्ना ग्राहकहरूलाई उच्चतम लाभ पुर्याइरहेको छ ।
बैंकको गत असोज मसान्तसम्ममा निक्षेप रू. २३ अर्ब ७२ करोड र कर्जातर्फ रू. २१ अर्ब २४ करोड पुगेको छ । यस बैंकले तीन महिनामा सञ्चालन नाफा १५ करोड आर्जन गरेको छ ।