प्रधान कार्यालय राख्न सिभिल बैंकले बल्ल पायो अनुमति | मंसिर २६ गतेदेखि सीटीसी मलमा सर्दै

काठमाडौं । सिभिल बैंकको प्रधान कार्यालय यही मंसिर २६ गतेदेखि सीटीसी मलमा रहने भएको छ । लामो समयको विवादपछि नेपाल राष्ट्र बैंकले सर्तसहित सिभिललाई सीटीसीमा सर्ने अनुमति दिएको हो । सो मलको स्वामित्व र नक्सा पासमा विवाद रहेको छ ।
यसैबीच, सिभिल बैंकको आर्थिक वर्ष २०७३÷७४ को साधारणसभा भने अझै अनिश्चित रहेको छ । २०७४ मा वित्तीय विवरण स्वीकृत भए पनि सञ्चालक समितिको चयन सर्वसम्मतिले गर्ने प्रयासका कारण साधारणसभा अनिश्चत बन्दै आएको हो ।