‘आईएमई पे’ वालेटमा बैंक अफ काठमाण्डू आबद्ध, रकम जम्मा गर्न सजिलो हुने |

काठमाडौं । आईएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरी आईएमई पे वालेटमा सिंधै रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आईएमई पे वालेटमा बैंक खाता लिङ् गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्नेजस्ता सेवाहरू उपलब्ध गराउनेछ ।
साथै, बैंकका सेवाग्राहीहरूले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने आईएमई पेले जानकारी दिएको छ ।
आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र बैंक अफ काठमाडौँबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।