हुण्डाईको ‘हुण्डाई केयर’ योजना, नयाँ ग्राहकलाई १० लाखसम्मको स्वास्थ्य बीमा |
काठमाडौं । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले हुण्डाई परिवारअन्तर्गत ‘हुण्डाई केयर’ योजना ल्याएको छ । नेपालका लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता रहेको सो कम्पनीले ‘हुण्डाई केयर’ योजनाअन्तर्गत हरेक नयाँ हुण्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्य बीमा प्रदान गरिने बताएको छ ।
कम्पनीका अनुसार यस योजनामा सहभागी नयाँ ग्राहकलाई प्रत्येक हुण्डाई गाडीको खरिदमा आफ्नो नजिकको परिवारका लागि १० लाख रुपैयाँसम्मको बीमा योजना प्रदान गरिनेछ ।
हुण्डाई मोटर्सले निरन्तर रूपमा ग्राहकसँग नजिक र आत्मीयताको सम्बन्ध बनाउँदै आइरहेको छ । यो नयाँ योजनाले नयाँ ग्राहकहरूका लागि हुण्डाई परिवारको साथ जोडिन मद्दत गर्ने कम्पनीको विश्वास छ ।