झापा गाउँपालिकाको झापा बजारमा एनआईसी एशियाको शाखा |

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले झापा जिल्लाको झापा गाउँपालिका– २, झापा बजारमा नयाँ शाखाको शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको सोही गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले आज उद्घाटन गरेका हुन् ।
हाल यस बैंकले मुलुकभर रहेका आफ्ना २७० शाखा कार्यालय, २८५ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् २० वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २०९ अर्ब र कुल निक्षेप करिब रू. १७० अर्ब रहेको यस बैंकले कर्जा रू. १४४ अर्ब पुर्याउन सफल भइसकेको छ । हालसम्म यस बैंकको ग्राहक संख्या करिब १३ लाख ५० हजार पुगेको बैंकले जानकारी गराएको छ ।