नाडेप लघुवित्तले निष्कासन गर्यो सतप्रतिशत हकप्रद |
काठमाडौं । नाडेप लघुवित्तले मंसिर ६ गतेसम्म कायम शेयरधनीहरूको लागि चुक्तापूँजीको सतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । संस्थाले आजदेखि पुस २९ गतेसम्म हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने नबिल इन्भेष्टमेन्टले जानकारी दिएको हो ।
संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा १६ लाख कित्ता हकप्रद शेयर विक्री गरेसँगै चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ । हकप्रद आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्बा सुविधा प्रदान गर्न अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट पाइनेछ । साथै नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल र संस्थाको केन्द्रिय तथा शाखा कार्यालयहरूबाट पाइनेछ ।
संस्थाले शेयर निष्कासनका लागि गरेको क्रेडिट रेटिङअनुसार इक्रा एनपी आईपीओ ग्रेड ४ प्राप्त गरेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यो रेटिङले औसत आधार रहेको जनाउँछ । संस्थाका संस्थापक तथा सञ्चालक शेयरधनीहरूले हकप्रदबापतको ९ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।