स्ट्याण्डर्ड चार्टर्डको ३२औ वार्षिक साधारणसभा माघ ७ गते | बुक क्लोज पुस २९ देखि माघ ७ गतेसम्म, सभाले १७.५५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दै
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२औं वार्षिक साधारणसभा माघ ७ गते बस्ने भएको छ । बैंकले सोही प्रयोजनका लागि पुस २९ देखि माघ ७ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।
उक्त सभाले सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचित गर्नुका साथै बैंकको सञ्चालक समितिले घोषण गरेको १७.५ प्रतिशत नगद लाभांश पनि पारित गर्नेछ । पुस २८ गतेसम्म कायम शेयरधनीले नगद लाभांश पाउन सक्नेछन् ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरणको विषयमा छलफल गर्नेछ । बैंकले वर्तमान लेखापरीक्षक एसएआर एसोसिएट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई नै पुनः नियुक्त गर्ने भएको छ ।