ट्राफिक प्रहरीद्वारा ३२ वटा ट्याक्सीमाथि कारवाही |

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा गरी ३२ वटा ट्याक्सी कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक महाशाखाले ती ट्याक्सीलाई हिजो शुक्रवार कारबाही गरेको हो ।
कारबाहीमा परेका ती सबै ट्याक्सीले उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा लिने गरेको महानगरीय ट्राफिक महाशाखाले बताएको छ ।