यातायात प्राधिकरण गठन गरिने |
काठमाडौं । सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्ने भएको छ । यातायात समितिहरुको विघटन गरिए पछि सरकारले यातायात क्षेत्रको भरपर्दो व्यवस्थापनका लागि भन्दै प्राधिकरण गठन गर्न लागेको हो ।
सार्वजनिक यातायातलाई अष्ट्रियाको भियाना सिटीमा चलाइएको मोडलमै लैजाने गरी प्राधिकरण गठन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्रोतको भनाई छ । यसका लागि मन्त्रालयका सहचिव गोपाल सिग्देलको संयोजकत्वमा बनेको समिचिले उपयुक्त मोडालिटीबारे छलफल गरिरहेको छ ।
प्राधिकरण गठनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने योजना छ । गत साउनबाट यातायात समितिहरुको नवीरकण भएको छैन । सरकारले पुससम्म कम्पनीमा जान समयसीमा दिएको छ तर, व्यवसायीले अटेर गरिरहेका छन् ।
अब प्राधिकरण गठन गरेर सार्वजनिक यातायातमा रहेका दुर्घटना बीमा, घाइतेको उपचार, रुट अनुमति, कल्याणकारी कोष लगायतका विषयलाई सम्बोधन गर्ने गरी योजना ल्याउन खोजिएको छ ।