‘सुजुकी बर्गम्यान १२५’ नेपाली बजारमा सार्वजनिक, मूल्य रू. २ लाख २९ हजार |

काठमाडौं । नेपाली बजारमा सुजुकीको नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ आज सार्वजनिक भएको छ । नेपालका लागि सुजुकी टु ह्वीलर्सको आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाइल्स प्रालिले उक्त नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । सुजुकीको प्रिमियम स्कुटर समूहमा यो नयाँ संस्करण हो ।
सुजुकी बर्गम्यान १२५ नेपालमा रहेका सबै सुजुकी शोरुमहरूमा आजबाटै उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो स्कुटरमा १४ इन्चका ठूला पाङ्ग्रा र ट्युबरहित टायर रहेका छन् । यो स्कुटरमा ७५०० आरपीएममा ८.७ बीएचपी उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सीसीको शक्तिशाली इञ्जिन जडान गरिएको छ । यसको अग्र भागमा डिस्क ब्रेक र पछाडिपट्टि ड्रम युनिट रहेका छन् । यसको इन्धन ट्याङ्कको क्षमता ५.६ लिटर रहेको छ ।
यसैगरी, यो म्याक्सी स्कुटरमा एलईडी हेड लाइट, एलईडी टेल ल्याम्प जडान गरिएको छ भने हावाको बहाव फेर्ने, क्रोम फिनिसिङ, मध्यवर्ती लक प्रणाली, यूएस बिचार्ज गर्ने स्थान एवम् पञ्जा राख्ने खण्डजस्ता विविध सुविधाजनक विशेषताहरू यसमा रहेका छन् । यस स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।