नाफिजको महासभाद्वारा भट्टराईको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन |
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सीताराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार राजधानीमा सम्पन्न संघको चौथो महासभाले सर्वसम्मत रूपमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित उपाध्यक्षहरूमा इन्द्र बानियाँ, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । यसैगरी, संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् । त्यसैगरी, कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।
सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल निर्वाचित भएका छन् । महासभाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए भने सूचना तथा प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले महासभाको समापन गरेका थिए ।