माछापुच्छ्रे बैंकका चितवन र हेटौंडामा तीन शाखा सञ्चालनमा |

काठमाडौं । माछापुच्छ्रे बैंकले एकै पटक ३ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले हेटौंडा उपमहानगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
हेटौंडा शाखाको उद्घाटन बैंकका सञ्चालक जयमुकुन्द खनाल र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रूपमा गरेका छन् । इच्छाकामना शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र कालिका शाखाको उद्घाटन त्यहाँका मेयर खुमनारायण श्रेष्ठ र बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले गरेका छन् ।
यी तीन शाखाको उद्घाटनसँगै अब बैंकको शाखा संख्या ८६ पुगेको छ । बैंकसँग ७७ अर्ब निक्षेप र ७१ अर्ब ऋण लगानी छ ।