श्रीमती माइत पठाएको निहुँमा बुबा र ठूलो बुबाको हत्या |
कैलाली । आफूलाई नसोधी आफ्नी श्रीमतीलाई माइत पठाएको भन्दै कैलालीका एक व्यक्तिले आफ्नै बुबा र ठूलो बुबाको हत्या गरेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलिया गाउँका जहरीलाल चौधरीले आफ्नै बुबा चक्रा थारू र ठूलो बुबा पल्टु थारूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरीलालले बुवा, ठूलो बुबा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए । आमा द्धिलबाहादीदेवी चौधरी भने घाइते भएकी छिन् । उनको टाउको र बायाँ कानमा चोट लागेकाले लालरत्न अस्पताल लम्कीमै उपचार भइरहेको प्रहरीले बताएको छ । जहरिलाललाई प्रहरीले पक्राउ गरिसकेको छ ।