सेञ्चुरी बैंकले पनि ब्याजदर बढायो, अब १३ प्रतिशत |

काठमाडौं । ब्याज बढाउने बैंकको सूचीमा सेञ्चुरी कमर्सियल बैंक पनि परेको छ । सो बैंकले आज विज्ञप्ति जारी गर्दै ब्याज दर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ ।
यसअघि कुमारी बैंकले ब्याज १३ प्रतिशत पुर्याएको थियो । बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि व्यक्तिगत मुद्दतीको ब्याज जनता बैंकले बढाएको थियो । बैंकले १२ प्रतिशत पुर्याएको अर्को दिन माछापुच्छ्रे बैंकले साढे १२ प्रतिशत पुर्याएको थियो ।
बैंकले ६ महिनादेखि २ वर्षसम्मको लागि १३ प्रतिशत र एक महिनादेखि २ वर्षसम्मका लागि १२ प्रतिशत दिने गरी स्किम ल्याएको छ ।