सेञ्चुरी कमर्सियलद्वारा ई–नेबल नेपाललाई २ लाख सहयोग |

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अन्तरराष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा ई–नेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरु लाई चलायमान कृतिम हात निर्माण र जडान गर्न २ लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
ई–नेबल नेपाल बिगत देखि नै कृतिम हात निर्माण र जडान र्कायमा सक्रिय रहेको छ । यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्ने विश्वास लिएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उक्त चेक ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।