कतार एयरवेजको न्युयोर्क हवाई सेवाको एक दशक पुरा |

दोहा, कतार । कतार एयरवेजको न्युयोर्क हवाई सेवाको एक दशक पुरा गरेको छ । न्युयोर्कसम्मको हवाई सेवाको एक दशक पार गरेको अवसर मनाउन कतार एयरवेजले हालै प्रमुख उद्योग व्यवसायी तथा राजनीतिक उच्चाधिकारीहरुको उपस्थितिमा ऐतिहासिक एवं प्रख्यात स्थल किप्रियानीमा एक निजी डिनर कार्यक्रमको आयोजना गरेको छ ।
उक्त समारोहमा कतार राज्यका उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी सहित संयुक्त राष्ट्र संघका लागि कतार राज्यकी स्थायी प्रतिनिधि शेखा अल्या अल थानी, संयुक्त राज्य अमेरिकाका लागि कतार राज्यका राजदूत शेख मेशाल बिन हमाद अल थानी एवं कतार लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मन्सुर अल महमुदजस्ता व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा कतार एयरवेज ग्रुपका प्रमुख अकबर अल बकरले भने, ʽसंयुक्त राज्य अमेरिकाका नागरिकहरुलाई हामीले दिइरहेको सेवाले एक दशक पार गरिसकेको अवसर मनाइरहेको हुँदा आजको साँझ कतार एयरवेजका लागि निकै महत्वपूर्ण छ । एक दशक अघि अमेरिकामा हाम्रो पहिलो प्रवेशद्वार न्युयोर्क रहेकोले यहाँका नागरिकहरुसँग हाम्रो एक विशेष नाता रहेको छ । हाम्रो सेवामा प्रयोग भएका अमेरिकी विमानहरु त्यहाँको उत्पादनप्रतिको हाम्रो विश्वासको एक प्रमाण पनि हो । हालसम्म अमेरिकी अर्थव्यवस्थामा हामीले पुर्याएको योगदानका लागि हामी निकै गौरवान्वित छौँ ।ʼ