पूँजी बजारको समस्या समाधान गर्न अर्थ मन्त्रालयले बनायो समिति |
काठमाडौं । सरकारले हाल पूँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्टको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्य रहेको समिति गठन गरिएको बताएको छ । उक्त समितिलाई सात दिनभित्र रिपोर्ट पेश गर्न निर्देशनसमेत दिइएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट गठन भएको यस समितिले पछिल्लो मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न एवम् औद्योगिक तथा पूँजी बजार क्षेत्रमा लगानीका लागि देखिएका समस्याहरू पहिचान गर्ने कार्यादेश पाएको छ ।