साक्षरता कार्यक्रम गर्न एनएमबी बैंक र एफएनसीएसआईबीच सम्झौता |
काठमाडौं । एनएमबी बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसीएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसीएसआईको तर्फबाट महासचिव डम्बरप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार बैंकसँगको सहकार्यमा एफएनसीएसआईले वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५ हजार सदस्यहरूमाझ सञ्चालन गर्नेछ । यसम्धये ९ हजार सदस्यहरू महिला उद्यमी रहेका छन् । वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरूको पक्षमा केन्द्रित हुने र त्यसमा साक्षरता कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरूलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।
वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरूले प्रभावकारी आर्थिक निर्णयहरू लिन सक्षम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।