पूर्वआईजीपी मोतीलाल बोहरालाई सर्वोच्चबाट सफाइ |
काठमाडौं । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेर विशेष अदालतद्वारा बिगो र जरिवानासहित १ वर्षको कैद सजायसमेत सुनाइएका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
आज सर्वोच्च अदालतमा न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।
विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सोबराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए ।