चितवन टाइगर्सलाई कुमारी बैंकको प्रायोजन |
काठमाडौं । कुमारी बैंक लिमिटेडले एभरेष्ट प्रिमियर लिग टी२० टुर्नामेन्टमा सहभागी टोली ‘चितवन टाइगर्स’ लाई प्रायोजन गरेको छ । बैंकले क्रिकेट खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यले सो टिमलाई प्रायोजन गरेको बताएको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरी क्रिकेट खेलमा संलग्न युवा प्रतिभाहरूलाई प्रोत्साहित गर्ने अभिप्रायले बैंकले पृथुु बॉस्कोटाको कप्तानीमा प्रतिस्पर्धा गर्न गइरहेको चितवन टाइगर्सलाई प्रायोजन गरेको जानकारी दिएको हो । एभरेष्ट प्रिमियर लिग टी२० टुर्नामेन्ट यही मंसिर २२ देखि पुस ६ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा सञ्चालन हुने भएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिमका कप्तान पृथु बॉस्कोटासहित अन्य खेलाडीहरूलाई जर्सी प्रदान गरी सफलताको शुभकामना दिए ।