कालिका लघुवित्तले ८ प्रतिशत बोनश शेयर दिने, गतवर्षभन्दा यस वर्ष लाभांश कम |
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले यस पटक शेयरधनीहरूलाई गतवर्षको भन्दा कम लाभांश दिने भएको छ । संस्थाले गत वर्ष २२.३३ प्रतिशत लाभांंश दिएकोमा यस पटक ८ प्रतिशत मात्र लाभांश दिने प्रस्ताव गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित गरेपछि शेयरधनीले पाउनेछन् । संस्थाको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ लाख रुपैयाँ नाफा गरेको छ । बोनस वितरणपछि संस्थाको चुक्ता पूँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ ।