सगरमाथा इन्स्योरेन्सको नाफा तीन करोड ६९ लाख |
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको यसैअवधिको तुलनामा करिब ४२ लाख रुपैयाँले बढी हो । गत आवको असोजसम्म कम्पनीले तीन करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले यसअवधिमा ३१ करोड १३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष २२ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोडले बढेको हो ।
यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट ८ करोड ४६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीलले ३१ हजार ८७४ बीमालेख जारी गरी हाल सम्म ६० करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । १२ सय ९९ कुल दाबी वापत २६ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार २४४ दाबीवापत ४८ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
५३ करोड ८२ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५५ करोड ७२ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती जगेडामा ८ करोड ३८ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ ३०९ रुपैया ९० पैसा छ ।