निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा नेकपाले मुद्दा हाल्ने |
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ । उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको छोटकरीमा ‘नेकपा’ नाममा विधिवत् रूपमा दर्ता रहेको अवस्थामा अन्य दललाई समेत सोही नाममा दर्ता दिएको भन्दै निर्वाचन आयोगको सो कदमविरुद्ध सर्वोच्चमा मुद्दा हाल्न लागेको हो ।
नेकपाका कार्यालय सचिव रत्नप्रसाद जोशीले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी थालिएको जानकारी दिए ।