रेनो एक्सचेन्ज क्याम्प शुरु |

काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी) ले रेनो कार प्रेमीहरुका लागि यहि २०७५ मंसिर २० गतेदेखि पुस ६ गतेसम्म नेपाल अधिराज्यभर रेनो एक्सचेन्ज क्याम्प शुरु गरेको छ । ʽपुरानो छोडौँ ! नयाँ गुडाऔँʼ भन्ने नाराकासाथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारसँग एक्सचेन्ज गर्न सक्नेछन् ।
रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ वर्षसम्मको लागी फ्रि सर्भिसिङ, निːशुल्क पार्टपुर्जा, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् ।
रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बताइएको छ ।