मार्शले मनायो १५औं वार्षिकोत्सव | ʽग्रोइङ वल्डर ग्रोइङ विसरʼ नाराका साथ अघि बढ्ने

काठमाडौं । विज्ञापन एजेन्सी मार्शले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । यसै दौरानमा पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको छ ।
मार्शले स्थापनाको १५औं वर्ष पार गर्दै गर्दा ʽग्रोइङ वल्डर ग्रोइङ विसरʼ भन्ने नाराका साथ अघि बढ्ने जानकारी दिएको छ । पन्ध्र वर्षको समयावधिमा आफ्नो पूर्ण आत्मविश्वास र भरोसाका साथ आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।

कम्पनीका प्रबन्ध निर्देशक मनीष अधिकारीले भने, ‘१५ वर्षको सफल कार्यले हामीलगायत सम्पूर्ण टिममा उत्साह थपिएको छ । २००३ मा स्थापित भएर २०१८ सम्म आइपुग्दा नेपालका केही ख्याति प्राप्त कम्पनीको सेवा गर्न पाएका छौं, साथमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ ।’
१५ औं वार्षिकोत्सवको सन्दर्भ पारेर यस एजेन्सीले डिजिटल मार्केटिङको पनि शुरुवात गरेको जानकारी दिएको छ ।


