वित्त कम्पनीले १२ प्रतिशतभन्दा बढी ब्याज दिने पुरानो निर्णय यथावत् राखे | वाणिज्य बैंकलाई बन्यो चुनौती

काठमाडौं । आजदेखि वाणिज्य बैंकहरूले साढे १२ प्रतिशत ब्याज दिने गरी सार्वजनिक सूचना नै प्रकाशित गरेपछि वित्त (फाइनान्स) कम्पनीहरूको संगठन नेपाल वित्त कम्पनी संघले पनि निक्षेपमा अधिकतम १२ प्रतिशतभन्दा बढी ब्याज दिने पुरानो निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ । आज बसेको संघको बैठकले त्यस्तो निर्णय गरेको संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।
गत मंगलवार वाणिज्य बैंकहरूको संगठन नेपाल बैंकर्स संघले मुद्दतीमा १० र बचतमा ८ प्रतिशतभन्दा बढी व्याजदर अफर नगर्ने पुरानो निर्णय भंग गरेको थियो ।
पछिल्लो समय विकास बैंक र वित्त कम्पनीको भन्दा बढी ब्याज दिएर वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्ने प्रयास गरिरहेको छन् । वाणिज्य बैंकहरूले त्यसो गरेपछि वित्त कम्पनीहरू पनि वाणिज्य बैंकले भन्दा धेरै ब्याज दिएर ग्राहक आकर्षित गर्ने योजनामा रहेका छन् ।
वित्त कम्पनीहरूबाट आएको यो पछिल्लो निर्णय वाणिज्य बैंकहरूका लागि चुनौतीपूर्ण बनेको छ ।