व्यवसाय वृद्धिका लागि राष्ट्रिय वाणिज्य बैंकको बिजनेस समिट |

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा चितवनको सौराहमा ‘बिजनेस समिट २०७५’ सम्पन्न भएको छ । उक्त बिजनेस समिटको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।
बैंकले आफ्नो व्यवसाय वृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढी कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रबन्धकहरू सम्मिलित उक्त बिजनेस समिट आयोजना गरेको हो ।
कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप, कर्जा, इ–बैंकिङ, गैरकोषमा आधारित व्यवसाय वृद्धिका लागि व्यापक रूपमा छलफल भई रणनीति तय गरिएको छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसञ्जाल ठूलो भएको हुँदा बैंकले नै मार्केटलाई डोर्याउनुपर्ने दायित्व रहेकाले व्यवसाय वृद्धि गर्न शाखा प्रबन्धकहरूलाई निर्देशन दिए ।
कार्याक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायब महाप्रबन्धकहरू केशवप्रसाद लम्साल, टेकराज जोशी, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरूलगायतको उपस्थिति थियो ।