हेलिकोप्टर सोसाइटीको विधिवत् उद्घाटन | वरिष्ठ क्याप्टेन र इन्जिनियर सम्मानित
काठमाडौं । हेलिकोप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको ‘हेलिकोप्टर सोसाइटी अफ नेपाल’को औपचारिक उद्घाटन भएको छ । उक्त सासाईटीको हिजो मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।
गत असोज २२ गते विधिवत् रूपमा दर्ता भएको उक्त संस्थाले हेलिकोप्टर क्षेत्रमा आइपर्ने विभिन्न समस्याको समाधानका लागि नियामक निकायको सहयोग र समन्वयमा काम गर्ने बताएको छ । कार्यक्रममा हेलिकोप्टर सोसाईटीको नयाँ लोगो मन्त्री अधिकारीले अनावरण गरे ।
कार्यक्रममा हेलिकोप्टर पाइलटतर्फ क्याप्टेन रवीन्द्रप्रसाद प्रधान, पुष्पबहादुर केसी, गुन्जमान लामा, विकास जेबी राणालाई सम्मान गरियो । इन्जिनियरतर्फ इन्जिनियर महेशकुमार नकर्मी, ओमप्रसाद श्रेष्ठ, विष्णु बस्नेतलाई सम्मान गरिएयो । यस्तै, फ्लाइट अपरेशन अधिकृत (डिस्प्याचर्स) तर्फ भक्ति श्रेष्ठ र एयर ट्राफिक कन्ट्रोलर नारायणबहादुर सिंह डंगोललाई सम्मान गरियो ।