घलेम्दीको १५ करोडभन्दा बढीको आईपीओ आउँदै | निष्कासन तथा विक्री प्रबन्धक भिवोर क्यापिटल लिमिटेड
काठमाडौं । घलेम्दी हाइड्रो पावर प्रालिले १५ करोडभन्दा बढीको साधारण शेयर (आईपीओ) विक्री गर्ने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको उक्त आयोजनाले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै उक्त परिमाणको शेयर जारी गर्ने तयारी गरेको हो ।
चार मेगावट क्षमताको उक्त आयोजनाले केही समयअघि आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर विक्री गरेको थियो । अब अन्य सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्न लागिएको आयोजनाले जानकारी दिए छ ।
आयोजनाको शेयर निष्कासन तथा विक्री प्रबन्धक भिवोर क्यापिटल लिमिटेड रहेको छ । घलेम्दी हाइड्रो पावरले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ५० हजार कित्ताबराबरको साधारण शेयर निष्कासन गरेको थियो । त्यसमध्ये जम्मा ९४ हजार २ सय ३० कित्ता मात्रै विक्री भएको छ ।