तिनाउ विकास बैंकले पुस ७ गते साधारण सभागर्ने |
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले पुस ७ गते साधारण सभागर्ने भएको छ । कम्पनीको सभा पुस ७ गते, बिहान ९ बजे क्लब डेनोभो प्रालि बुटवल ९ कालिका नगरमा हुने भएको छ ।
साधारण सभामा १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव रहेको छ । जसका लागि कम्पनीले बुक क्लोज मंसिर २४ गते बन्द गर्ने भएको छ । मंसिर २३ गते सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ६९ लाख ३४ हजार ९१४ दशमलव ०७ रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ५१ करोड १ लाख ३६ हजार ६०८ दशमलव २६ रुपैयाँ पुग्नेछ ।