विजय लघुवित्तले एजीएमका लागि बुक क्लोज मंसिर २८ गते गर्ने |
काठमाडौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म शेयर दाखिला खारेज बन्द गर्ने भएको छ । कम्पनीको संचालक समितिको ९२ औं बैठकको निर्णय अनुसार संस्थाको छैटौ वार्षिक साधारणसभा पुस १४ गते शनिबार होटल रेडकार्पेट, लायन्स चोक नारायणगढ चितवनमा हुने भएको छ ।
कम्पनीले साधारण सभामा शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सगै सत प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव रहेको छ ।
जसको लागि बुक क्लोज मंसिर २८ गतेदेखि पुस १४ गते सम्म बन्द रहनेछ । मंसिर २७ गते सम्म कायम शेयरधनीले मात्र लाभांश तथा हकप्रद शेयर पाउने छन् ।