एभरेष्ट बैंकले बोलायो पुस १० गते साधारण सभा |
काठमाडौं । एभरेष्ट बैंकले पुस १० गते साधारण सभा गर्ने भएको छ । बैंकले लैनचौर बैंक्वेटमा बिहान ११ बजे बैंकको २४ औं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैंकले साधारण सभामा २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफाल नोक्सान सहित बैंकको वासलात छलफल पारित गर्ने लगायतका एजेण्डा सभामा रहेका छन् ।
साधारण सभाका लागि मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म बैंकको शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । जसका लागि मंसिर २५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउेन छन् ।