गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम अन्तर्गत भिटारा ब्रेजा गाडी बितरण |
काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किमअन्तर्गत सिफलस्थित डीएस ट्रेड सेन्टरलाई भिटारा ब्रेजा गाडी प्रदान गरेको छ ।
डीएस ट्रेड सेन्टर गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो । उक्त रिटेलरले २ वर्षमा ६० किलोलिटर गल्फ लुब्रिकेन्ट विक्री गर्न सफल भएको छ । यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले यही मंसीर १३ गते डीएस ट्रेड सेन्टरका प्रोप्राइटर उत्तम लिगललाई गाडी हस्तान्तरण गरेका थिए ।
के हो एड्भान्स क्लब्ड स्किम ?
नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु ब्जारमा ल्याइ रहेको छ । । यसै सिलसिलामा २०७५÷२०७६ तथा २०७६÷२०७७ को २ वर्षको आवधि भित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा जीइओ र डीइओरिटेलर स्किमको लागिपनि १ वर्षे सम्झौता गरेको छ ।
डीएस ट्रेड सेन्टरका बारेमा
एभीइ ट्रेडिङ्ग प्रालि अन्तर्गत रही काठमाडौं उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएकोे छ । सिफलमा कार्यालय रहेको डीएस ट्रेड सेन्टरले सम्झौता अनुरुप ६० किलोलिटर गल्फ लुब्रिकेन्ट विक्री गरिसकेको छ ।