सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा आचार्यको नियुक्ती |
काठमाडैं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिले संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्यलाई नियुक्त गरेको छ ।
विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमवीए गरिसकेका छन् ।
यस अघि उनी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । आरम्भ माइक्रोफाइनान्स भन्दा अघि राष्ट्रिय स्तरको संस्था डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तरको यस सिभिल लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न जिल्लाहरुमा हाल ३१ वटा शाखा कार्यालयहरु मार्फत करिव १८ हजार ८ सय भन्दा बढि ग्राहक सदस्यहरुमा आय आर्जनको निमित्त ६४ करोड भन्दा बढी रकम लगानी गरेको छ ।
आगामी दिनमा थप शाखाहरु संचालनमा ल्याई थप घरपरिवारलाई विभिन्न लघुवित्तीय सेवाहरु उपलव्ध गराउने लक्ष्य राखेको जनाएको छ ।