टाटाको ‘अल न्यू टिगोर’ नेपाली बजारमा |
काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ लिमिटेडले नेपालमा ‘अल न्यू टिगोर’ सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमबीच टाटाले सो कार सार्वजनिक गरेको हो । सहज ड्राईभिङका लागि हाईट एड्जस्ट गर्न मिल्ने ड्राईभिङ सिट रहेको टाटा टिगोर टाटा मोटर्सको अर्को एउटा आकर्षक प्यासेन्जर गाडी हो ।
टाटा टिगोरको उद्घाटन कार्यक्रममा बोल्दै टाटा मोटर्सका ईन्टरनेशनल प्यासेन्जर युनिट प्रमुख सुजन रोयले भने, ‘सही मुल्यमा बोल्ड, आकर्षक बनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकका लागि कम्प्याक्ट सेडान निकै लोकप्रिय छ । कला, कार्य क्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट समिश्रण हो, टाटा टिगोर।’ उनले टाटा टिगोरले ग्राहकहरूको मन जित्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा टिगोर टाटाको नयाँ उत्पादन मात्रै नभई सम्पूर्ण अटोमोबाइल उद्योग मै नयाँ आयाम भएको बताए । उनले भने, ‘नयाँ टिगोरले एकातिर चार पाङ्ग्रे बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ भने अर्कोतर्फ यसले हाम्रो उत्कृष्टताप्रतिको अटुट प्रतिबद्धता पनि प्रमाणित गरेको छ ।’
टाटाले टिगोरबाट प्राप्त प्रतिक्रियाहरुलाई समेट्दै आफ्ना ग्राहकका लागि अझ परिस्कृत रुपमा अल न्यू टिगोरलाई नेपाल भित्र्याएको हो । नयाँ टिगोरमा क्रस्टिलबाट प्रभावित भएको एलईडी ल्याम्प पनि राखिएको छ । यस्तै डुअल च्याम्बर्ड प्रोजेक्टर हेडल्याम्पलाई यसलाई अझ स्तरीय बनाएको छ । जसामा स्पार्कलिंग क्रमि फिनिस दिइएको छ ।
सुरक्षाका मामिलामा पनि यो कार अब्ब्ल भएर आएको छ । बेस अप्सनदेखि नै डुअल एयरब्यागको सुविधा राखिएको छ । जसमा स्टान्डर्ड फिर लोड गरिएको छ । यसको आर्किटेक्चरलाई रिलायबल बनाइएको छ । नयाँ टिगोरमा हाई क्वालिटीको ८ स्पीकर सिस्टम जोडिएका छन् । नयाँ टिगोरमा एबीएस विद ईबीडी एउड सीएससी फिचर्स पनि छ ।
आधुनिक टिगोरमा पहिलो रहेको ५ इन्चको टचस्क्रीन बोर्डलाई अझै ठूलो बनाएर ७ इन्चमा विस्तार गरिएको छ । यसमा हार्मन कम्पनीको इन्फोटेन्मेन्ट सिस्टम छ । जसमा एन्ड्रोइड अटोको सिस्टम पनि छ । कम्र्फटमा पनि टिगोर अझ अब्बल भएर आएको छ । यसमा ४१९ लिटरको बुट स्पेश छ यो कम्प्याक्ट सेडानहरुकै सबैभन्दा ठूलो बुट स्पेश हो । यसमा अटो फोल्ड आउट साइड मिरर पनि दिइएको छ ।
यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छ । विभिन्न ४ पेट्रोल भेरियन्टमा उपलब्ध टिगोरमा मेनुअल ट्रान्समिसन छ । यसको मूल्य नेपाली बजारमा २७ देखि ३४ लाखसम्म छ ।