जोशी हाइड्रोपावरद्वारा १७ करोडको आईपीओ निष्काशन |
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज मंसिर १६ गतेदेखि करिब १७ करोड मूल्य बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो ।
जोशी हाइड्रोपावरले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको २ लाख ४२ हजार १० कित्ता जोडेर कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता विक्रीमा ल्याएको हो ।
यसमध्ये ३ प्रतिशत अर्थात ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरि बाँडफाँड हुनेछ ।
यस शेयरमा छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको हाइड्रोको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।