पोखरा फाइनान्सले शाखा बुटवलमा |
काठमाडौं । पोखरा फाइनान्सले रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराहामा शाखा खोलेको छ । शाखाको उद्घाटन बुटलव उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका छन्।
कम्पनीको जारी पूँजी ८६ करोड हाराहारी छ । निक्षेप पाँच अर्ब छ भने ऋण लगानी ४ अर्ब ४१ करोड रुपैयाँ छ । जगेडा कोषमा २४ करोड ९२ लाख रुपैयाँ छ ।