लोन्ली प्लानेटको ‘बेस्ट इन ट्राभल सिटीको पाँचौ स्थानमा काठमाडौं |
काठमाडौं । वर्ष २०१९ लाग्न एक महिना बाँकी छँदै लोन्ली प्लानेटले सार्वजनिक गरेको ‘बेस्ट इन ट्राभल २०१९ टप सिटीमा काठमाडौं पनि समावेश छ । यो सूचीमा काठमाडौंलाई पाँचौ स्थानमा राखिएको छ । २०७२ को विनासकारी भूकम्पपछि भत्किएका पूरातात्वक संरचनाहरु पुनः ठडिएका र आफ्नो कृति छरिरहेको उल्लेख छ ।
संसारको पर्यटकीय सुन्दरतालाई मापन गर्दै भ्रमण गर्न लायक स्थानहरुको सूची प्रकाशित गर्दै आएको ‘लोन्ली प्लानेट’ मा नेपाल पनि समावेश भएको छ ।
लोन्ली प्लानेटको यो सूचीको पहिलो स्थानमा डेनमार्कको राजधानी कोपनहेगन रहेको छ । त्यस्तै दोस्रोमा चीनको सन्चेन, तेस्रोमा सर्वियाको नोवी साद र चौथोमा अमेरिकाको मियामी परेको छ ।
सन् २०१९ मा घुम्नलायक शहरको सूचीमा मेक्सिको सिटी, सेनगलको डाकर, अमेरिकाको सिटले, क्रोयेशियाको जादर र मोरक्कोको मेक्नेस पनि उत्कृष्ट १० को सूचीमा परेका छन्।
लोन्ली प्लानेटको एडभेन्चर ट्राभल गन्तव्यको सूचीमा पनि नेपाल परेको छ । यो सूचीमा पनि नेपाल पाँचौँ स्थानमा रहेको छ । यो सूचीको पहिलो स्थानमा न्युजिल्याण्ड, दोस्रोमा क्यानडा, तेस्रोमा भियतनाम र चौथोमा स्लोभानीय रहेका छन्।
त्यस्तै नेपाल बजेट ट्राभलको सूचीमा चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा श्रीलंका, दोस्रोमा ग्रिस, तेस्रोमा पोर्तुगल रहेको छ। त्यस्तै पाँचौँमा हंगेरी र छैठौँमा निकारागुवा परेका छन्।् ।