मल्टीपर्पस फाइनान्स ८६४.४७ प्रतिशत हकप्रदको अनुमति माग्यो |
काठमाडौं । मल्टीपर्पस फाइनान्सले ८६४.४७ प्रतिशत हकप्रद शेयर जारी गर्न पक्रिया शुरु गरेको छ । यसका लागिफाइनान्सले धितोपत्र बोर्डमा आबेदन दिएको छ । फाइनान्सले एकको अनुपात ८.६५ कित्ताका दरमा हकप्रद जारी गर्न बोर्डमा अनुमति माग गरेको हो ।
चार करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद विक्रीपछि ४० करोड रुपैयाँ पुग्नेछ । फाइनान्सले राष्ट्र बैंकको निर्देशन अनुरुप चुक्ता पूँजी वृद्धि गर्न हकप्रदको प्रकृया थालेको हो ।
फाइनान्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टिपर्पोजले ५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६० पैसा र नेटवर्थ १५१ रुपैयाँ २५ पैसा छ ।